२०८३, १ बैशाख बुधबार

पात्लेखेतको हनुमान माविमा थपियो नयाँ भवन

पात्लेखेतको हनुमान माविमा थपियो नयाँ भवन


धुलिखेल, ९ पुसः धुलिखेल नगरपालिकाको वडा नम्बर ११ मा रहेको हनुमान माध्यमिक विद्यालयमा नयाँ भवन थपिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखा धुलिखेलको आर्थिक सहयोगमा भवन बनेको हो ।

निर्माण पूरा भएको भवन आज एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जुले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ । विद्यालयमा ४ कोठे पक्की भवन थपिएको हो । ‘भूकम्पपछि नयाँ भवन बनाउन जुटे जस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पनि तपाईहरु एक भएर जुट्नोस, नगरप्रमूख श्रेष्ठले भने ‘शिक्षा हाम्रो जग हो, शिक्षा राम्रो भयो भने समाज राम्रो हुन्छ, समाज राम्रो हुनुभनेको सम्मुन्त धुलिखेल बन्नु हो ।’

नयाँ भवन थपिएसँगै विद्यार्थीलाई पठनपाठनमा सजिलो हुने वडाध्यक्ष विष्णु धितालले बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न अभिभावक, शिक्षक र विद्यार्थी तीन पक्षले नै हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘अभिभावकले आफ्नो बालबालिकाको पठनपाठनका बारे चासो लिइन रहनु पर्छ, शिक्षकले बालबालिकाको रुचिलाई ध्यानमा राख्दै नयाँ नयाँ शिक्षण बिधि अपनाउनुपर्छ, अनि बालबालिकाले मेहनत गर्नुपर्छ ।’

भवन निर्माणमा ६७ लाखभन्दा बढी खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखा धुलिखेलका प्रमूख द्धारिका प्रसाद पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ९ पुस बुधबार  ३ : ३९ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको