२०८३, ५ भाद्र शनिबार

माघ २० गते काभ्रेलाई पुर्णसाक्षर जिल्ला घोषणा गर्न सरोकारवाला प्रतिबद्ध

माघ २० गते काभ्रेलाई पुर्णसाक्षर जिल्ला घोषणा गर्न सरोकारवाला प्रतिबद्ध


धुलिखेल, १२ पुसः काभ्रे जिल्लालाई यहि माघ २० गते पूर्णसाक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको १३ तहमध्ये ६ वटा स्थानीय तह साक्षर हुन बाँकी छन ।

तर शनिबार धुलिखेलमा भेला भएका जिल्लाका स्थानीय तहका प्रमूख, उपप्रमूख र साक्षरता अभियानमा सहभागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुका प्रतिनिधिले आउँदो माघ २० गते जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन । शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानो ठिमीले आयोजना गरेको कार्यक्रम सहभागि उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।

जिल्लाको धुलिखेल, बनेपा, मण्डनदेउपुर, पनौती नगरपालिका तथा खानीखोला, तेमाल र भूम्लु गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । यहि पुस २५ गते बेथानचोक, २७ गते महाभारत, २८ गते चौरिदेउराली गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिने जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसीले बताए । त्यस्तै माघ १० गते नमोबुद्ध र पाँचखाल नगरपालिकालाई साक्षत नगरपालिका घोषणा गरिनेछ । सोहि रोशी गाउँपालिकालाई पनि साक्षर घोषणा गरिने प्रमूख केसीले जानकारी दिए ।

हरेक स्थानीय तहमा रहेका १५ वर्षदेखि माथि उमेर समूहका निरक्षर ब्यक्ति मध्ये ९५ प्रतिशत साक्षर भएपछि मात्रै साक्षर घोषणा गर्न पाउने ब्यवस्था छ ।

प्रकाशित मिति : २०७६, १२ पुस शनिबार  ४ : ०६ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही