काठमाडौं । लामो समयदेखि लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सरकारले नयाँ प्रणाली लागू गर्दै केन्द्रबाटै लाइसेन्स छपाइको बाटो खुला गरेको छ। विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस)मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछ। छपाइपछि हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा लाइसेन्स पठाइनेछ। पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ लाइसेन्स छपाइ गरी पठाइसकिएको…