२०८३, २६ आश्विन मंगलबार

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो


काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ। शुक्रबार सुनको भाउ एकैदिन तोलामा ३ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर नयाँ स्तरमा पुगेको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदीको भाउ तोलामा १५० रुपैयाँ बढेर ४ हजार ७७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा एकैदिन भएको यो ठूलो वृद्धिले नेपाली बजारमा सुन खरिद गर्ने उपभोक्तालाई थप महँगो भार परेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ।

प्रकाशित मिति : २०८३, १ आश्विन शुक्रबार  १२ : ०१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका