२०८३, २६ आश्विन मंगलबार

लाइसेन्स छपाइमा सरकारको ‘नयाँ एक्सन’, प्रदेशले नछापे केन्द्रबाटै छापिने

लाइसेन्स छपाइमा सरकारको ‘नयाँ एक्सन’, प्रदेशले नछापे केन्द्रबाटै छापिने


काठमाडौं । लामो समयदेखि लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सरकारले नयाँ प्रणाली लागू गर्दै केन्द्रबाटै लाइसेन्स छपाइको बाटो खुला गरेको छ।

विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस)मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछ। छपाइपछि हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा लाइसेन्स पठाइनेछ। पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ लाइसेन्स छपाइ गरी पठाइसकिएको विभागले जनाएको छ।

प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर आफैं छाप्न सक्ने भए पनि सम्झौता नगरेको अवस्थामा सेवाग्राहीलाई लाइसेन्सका लागि लामो समय कुर्न नपरोस् भनेर केन्द्रबाटै छपाइ गरिनेछ। लुम्बिनी प्रदेशले समेत छपाइका लागि सम्झौता प्रक्रिया अघि बढाएको विभागले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३ आश्विन आईतबार  १२ : ३९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका