काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (CEO) मा सुदेश खालिङ राईलाई पुनः नियुक्त गरेको छ। उनको पुनः नियुक्ति असोज ८ गतेदेखि लागू हुने गरी चार वर्षको लागि गरिएको बैंकले जनाएको छ । भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सुदेश खालिङ राईलाई दोस्रो कार्यकालका लागि CEO मा नियुक्त गर्ने निर्णय गरेको हो।…