२०८३, २६ आश्विन मंगलबार

अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट मात्र हुने

अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट मात्र हुने


काठमाडौं। अर्थ मन्त्रालयले आजदेखि आफ्ना सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया पूर्णरूपमा डिजिटल स्वीकृतिबाट मात्र सञ्चालन गर्ने भएको छ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी दिएका छन्। उनका अनुसार अब आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। यसले समय, लागत र श्रम बचतका साथै निर्णय प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

मन्त्रालयले जनाएको छ कि डिजिटल स्वीकृति प्रणालीको कार्यान्वयनसँगै कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुनेछ र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा राखिनेछ।

प्रकाशित मिति : २०८२, १० आश्विन शुक्रबार  १० : ११ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल