काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर उच्च बिन्दुमै कायम रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको दरअनुसार अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा पुगेको छ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङको बिक्रीदर २०४ रुपैयाँ ११ पैसा कायम हुँदा खरिददर २०३ रुपैयाँ ३२ पैसा रहेको छ। युरोपियन युरोको बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा र खरिददर १७२ रुपैयाँ ३२ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थामा कारोबार गर्दा भने सम्बन्धित संस्थाले तोकेको दर केही फरक हुन सक्नेछ।







प्रतिक्रिया