२०८३, ७ कार्तिक शनिबार

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका


दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक विशेष फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ।

अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकले ५ लाख रुपैयाँ मूल्य बराबरको सुनको चंगा जित्ने अवसर पाउनेछन्। साथै, ग्राहकले चाँदीका चंगा तथा सिक्कासमेत जित्न सक्ने कम्पनीले जनाएको छ।

कसरी सहभागी हुने ?

नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। त्यसपछि खुल्ने वेबसाइटमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको फोनको IMEI नम्बर दर्ता गरी योजनामा सहभागी हुन सकिनेछ। विवरण दर्ता गरेलगत्तै ग्राहकले डिजिटल स्क्र्याच कुपन पाउनेछन्। कुपन स्क्र्याच गर्दा भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन्।

तत्काल उपहार नपाउने ग्राहक पनि बम्पर उपहारबाट वञ्चित हुने छैनन्। योजनामा सहभागी सबै ग्राहक स्वतः बम्पर लक्की ड्रमा समावेश हुनेछन्। क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रबाट एक जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ मूल्य बराबरको सुनको चंगा प्राप्त गर्ने कम्पनीले जनाएको छ। टेक्नोका नेपाल तथा भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले चाडपर्वको खुसीलाई थप विशेष बनाउन तथा नेपाली ग्राहकले देखाएको माया र विश्वासप्रति आभार व्यक्त गर्न फेस्टिभ क्याम्पेन ल्याइएको बताएका छन्।

कम्पनीका अनुसार मजबुत बनावट, उत्कृष्ट नेटवर्क, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा स्मार्टफोनमा उपलब्ध १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण टेक्नो नेपाली बजारमा ग्राहकको रोजाइमा पर्दै आएको छ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  १ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना