२०८३, १७ आश्विन आईतबार

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका


दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक विशेष फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ।

अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकले ५ लाख रुपैयाँ मूल्य बराबरको सुनको चंगा जित्ने अवसर पाउनेछन्। साथै, ग्राहकले चाँदीका चंगा तथा सिक्कासमेत जित्न सक्ने कम्पनीले जनाएको छ।

कसरी सहभागी हुने ?

नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। त्यसपछि खुल्ने वेबसाइटमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको फोनको IMEI नम्बर दर्ता गरी योजनामा सहभागी हुन सकिनेछ। विवरण दर्ता गरेलगत्तै ग्राहकले डिजिटल स्क्र्याच कुपन पाउनेछन्। कुपन स्क्र्याच गर्दा भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन्।

तत्काल उपहार नपाउने ग्राहक पनि बम्पर उपहारबाट वञ्चित हुने छैनन्। योजनामा सहभागी सबै ग्राहक स्वतः बम्पर लक्की ड्रमा समावेश हुनेछन्। क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रबाट एक जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ मूल्य बराबरको सुनको चंगा प्राप्त गर्ने कम्पनीले जनाएको छ। टेक्नोका नेपाल तथा भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले चाडपर्वको खुसीलाई थप विशेष बनाउन तथा नेपाली ग्राहकले देखाएको माया र विश्वासप्रति आभार व्यक्त गर्न फेस्टिभ क्याम्पेन ल्याइएको बताएका छन्।

कम्पनीका अनुसार मजबुत बनावट, उत्कृष्ट नेटवर्क, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा स्मार्टफोनमा उपलब्ध १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण टेक्नो नेपाली बजारमा ग्राहकको रोजाइमा पर्दै आएको छ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  १ : ५१ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको