२०८३, ५ आश्विन मंगलबार

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ६ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ। आधुनिक प्रविधि र ग्राहक सेवामा जोड दिँदै आएको बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ।

त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ लगायतका पुरस्कार प्राप्त गरेको छ।ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय छन्।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  १२ : ४१ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको