२०८३, १७ भाद्र बिहीबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार तोकिएको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ८ : ३६ बजे

बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिन चिकित्सकको सुझाव

काठमाडौं । विपद्का बेला बाढीपीडितलाई राहत वितरण गर्दा चाउचाउ, बिस्कुट र

चार संसदीय समितिको बैठक बस्दै, बाढी र विशेष सेवा विधेयकदेखि पूर्वाधारसम्म छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ।

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विषय कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा

सुरुङ उद्धारको प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको दाबी गलत : विज्ञ

काठमाडौं । बाढी र हिलोमाटोले थुनिएका सुरुङबाट मानिसको उद्धार गर्ने

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५२३ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा