२०८३, २८ भाद्र सोमबार

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्।

सिंगापुर र हङकङमा उपचारपछि उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।स्वदेश फर्किएलगत्तै अपिल जारी गर्दै देउवाले आफू ‘विनम्र सेवक’ का रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएको बताएका छन्। ‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु—सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भनेका छन्।

आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैप्रति उनले आभारसमेत प्रकट गरेका छन्। देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्र उनको आगामी राजनीतिक सक्रियतालाई लिएर चासो बढेको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  १ : ५८ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल