काठमाडौं ३ कार्तिक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ महिलासहित तीन जना कोरोना जनाकाे मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ महिला र एक पुरुषको मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन डा सविन थपलियाले बताउनु भयाे । मृत्यु हुनेमा महोत्तरी, काठमाडौं र सिन्धुलीका संक्रमित रहेका छन् । महोत्तरीका ४७ वर्षीय महिलामा दम, कलेजो र फोक्सोको समस्या…