२०८३, ११ बैशाख शनिबार

काभ्रेमा दशैमा घरजान पारिश्रमिक माग्दा होटल मजदुर कुटिए

काभ्रेमा दशैमा घरजान पारिश्रमिक माग्दा होटल मजदुर कुटिए


बनेपा १ कार्तिक  : काभ्रेको बनेपामा होटल मजदुरले पारिश्रमिक माग्दा होटलका मेनेजरद्वारा २०७७ कार्तिक १ गते मजदुर कुटिएका छन् ।

बनेपा नगरपालिका वडा ७ भीमसेन मार्गमा रहेको होटल द हब रेष्टुरेन्ट एण्ड लजका मेनेजर मुकेश महजु श्रेष्ठले होटलमा काम गर्दै आईरहेको पनौती वडा नं २ कुशादेवी बोलखे गाउँका २१ वार्षिय बिसुराम श्रेष्ठलाई कुटपिट गरेको पिडित श्रेष्ठले बताउनु भयो । कुटपिटबाट मजदुर श्रेष्ठको नाकबाट रगत बगेको छ ।

दशैमा घरजान पारिश्रमिक माग्न जाँदा कुटपिट भएको हो । होटलमा श्रेष्टले २०७५ माघ १४ गते देखि वईटरको रुपमा काम गर्दैआईरहेका थिए । श्रेष्ठले २०७७ असोज १७ गते वईटर काम छोडेका थिए ।  होटल द हब रेष्टुरेन्ट एण्ड लज नामबाट संचलन भैरहेको होटललाई अहिले होटल मंगलम नामकरण गरी संचालन ल्याएको छ ।

अहिले होटल मंगलम नामबाट संचलनमा आएको छ

होटल मेनेजर महजुले लकडाउनदेखि श्रेष्ठलाई मानसिक टचर दिईरहका थिए । शुरुमा पारिश्रमिक मासिक १० हजार तोकेको तर कहिल्यै भनेकोजति पारिश्रमिक नदिएको श्रेष्ठले बताउनु भयो ।

पिडित श्रेष्ठ ईलाका प्रहरी कार्यालय बनेपालाई जानकारी गराउँदा पनि प्रहरीले वास्तै नगरेको गुनासो छ ।

प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार  २ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले