२०८३, १० भाद्र बिहीबार

आज देशभर ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

आज देशभर ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना अस्पतालबाट डिस्चार्ज


काठमाडौं २७ असोज  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो पुष्टिसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

देशभर मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ६ : २४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री