काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सर्वसाधारण र सरोकारवालाबाट १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो। बिहीबार बसेको समिति बैठकले सरकारी सञ्चारमाध्यम र संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत उजुरी संकलन गर्ने निर्णय गरेको समिति सभापति…