२०८३, ७ आश्विन बिहीबार

डोल्पामा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भएन

डोल्पामा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भएन


काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहीबार बिहान करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि जहाज दुर्घटनामा परेको हो। चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ।

पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जहाज अहिले पनि रनवेमै रहेको छ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। दुर्घटनाको थप विवरण तथा जहाजमा भएको क्षतिबारे सम्बन्धित निकायले अध्ययन गरिरहेको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ९ : ४२ बजे

डोल्पामा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भएन

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा थपियो चौथो इजलास

धुलिखेल । मुद्दाको चाप बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुधबारदेखि

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरको

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत