२०८३, ८ कार्तिक आईतबार

देउवा समूहले छुट्टै महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई दियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी आफ्नो तयारी र कार्यतालिकाबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ। सभापति गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै देउवा समूहले समानान्तर रूपमा महाधिवेशनको तयारी अघि बढाएको हो। समूहले वडा तहदेखि प्रदेशसम्मका अधिवेशनको कार्यतालिकासहित आयोगलाई जानकारी गराएको नेता एनपी साउदले बताएका छन्। साउदका अनुसार…