२०८३, १३ आश्विन बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक कार्यसूचीमा


काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न पाँच विधेयकसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी, मन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैबीच, आज विभिन्न चारवटा संसदीय समितिका बैठकसमेत बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।

प्रकाशित मिति : २०८३, १३ आश्विन बुधबार  ८ : २१ बजे

मलेसिया रोजगारीमा ‘२७५’ को पेच, व्यवसायी दुई कित्तामा–सरकारको कदममै प्रश्न

काठमाडौं ।  मलेसिया रोजगारीमा नेपाली म्यानपावर कम्पनीको सहभागितालाई लिएर विवाद

भोटेकोशी बाढीको क्षति : १,४५४ शव भेटिए, हजारौँ अझै बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा हालसम्म

गल्फ र जुडोमा आज उत्रिँदै नेपाल, कनोइङमा दुई खेलाडी सेमिफाइनलमा

काठमाडौं । बीसौँ एसियाली खेलकुदमा नेपालका खेलाडीले आज गल्फ र

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले