२०८३, २३ आश्विन शनिबार

गल्फ र जुडोमा आज उत्रिँदै नेपाल, कनोइङमा दुई खेलाडी सेमिफाइनलमा

गल्फ र जुडोमा आज उत्रिँदै नेपाल, कनोइङमा दुई खेलाडी सेमिफाइनलमा


काठमाडौं । बीसौँ एसियाली खेलकुदमा नेपालका खेलाडीले आज गल्फ र जुडोमा प्रतिस्पर्धा सुरु गर्दैछन्। यससँगै कनोइङ स्लालममा नेपालका दुई खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्।

गल्फमा पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ तारा कार्कीले व्यक्तिगत स्ट्रोक प्लेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।

नेपाली गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले प्रतियोगितामा राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन्। खेलाडीले पर्याप्त अभ्यास गर्न पाएकाले प्रदर्शन सकारात्मक हुने उनको विश्वास छ।

जुडोमा भने नेपालका चार खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। निशा श्रेष्ठले महिला ४८ केजीमुनि, देवकीमाया श्रेष्ठले ५२ केजीमुनि, विशेष विकले पुरुष ६६ केजीमुनि र विकास विकले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

यता, कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगरले सेमिफाइनलमा स्थान बनाएका छन्। मंगलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड र आशिषले २११.८६ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार जारी एसियाली खेलकुदमा नेपालबाट विभिन्न खेल विधामा गरी १३५ खेलाडी सहभागी छन्।

प्रकाशित मिति : २०८३, १३ आश्विन बुधबार  ८ : ३२ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि