काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा भइरहेको छ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) अमेरिकी डलरको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ तोकेको छ। पछिल्ला दिनहरूसँग तुलना गर्दा डलरको मूल्य वृद्धिलाई स्पष्ट देख्न सकिन्छ। मंगलबार डलरको खरिददर १४०.९० रुपैयाँ र बिक्रीदर १४१.५० रुपैयाँ थियो भने सोमबार खरिद १४०.२६…