२०८२, २८ कार्तिक शुक्रबार

हिमपातमा फसेका १५०० जनाको सेनाद्वारा सफल उद्धार

हिमपातमा फसेका १५०० जनाको सेनाद्वारा सफल उद्धार


काठमाडौं । मनाङ क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब १५ सय जनाको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।

सैनिक मुख्यालयका अनुसार मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे क्षेत्रका स्थानीयवासी तथा पर्यटकहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार भएकामध्ये करिब २०० जना विदेशी पर्यटक रहेको बताइएको छ। मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरूको सहयोगमा उद्धार कार्य सम्पन्न गरेको हो ।

सैनिक मुख्यालयका प्रवक्ताले भने, “हिमपातका कारण फसेकाहरूलाई हेलिकप्टर र स्थल मार्ग दुवै माध्यम प्रयोग गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ।” उद्धार कार्यपछि मनाङ क्षेत्रका सम्पर्क अवरुद्ध भएका बाटाहरू क्रमशः खुलाउने प्रयास भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  १० : ५८ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई