२०८३, १२ कार्तिक बिहीबार

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल


काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज बिहान हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट लुबुचे गइरहेको अल्टिच्युट एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहानको समयमा लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचेमा अवतरणको तयारी गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो। हेलिकप्टरमा पाइलट मात्र सवार रहेको र उनी सकुशल उद्दार गरिएको जानकारी शेर्पाले दिएका छन्। दुर्घटनाबाट ठूलो क्षति नभए पनि हेलिकप्टरमा सामान्य क्षति पुगेको बताइएको छ।

लोबुचे र लुक्ला क्षेत्रमा हाल मौसमी हावा र दृश्यता घट्ने अवस्था रहेकाले उडान चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको Civil Aviation Authority (CAAN) ले जनाएको छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  १० : ३३ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता