काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियमको बेवास्ता गर्ने सवारी चालकविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६७५ जना चालक कारबाहीमा परेका छन्।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँच तथा निगरानीका क्रममा उनीहरू कारबाहीमा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०३ जना र तीव्र गतिमा सवारी चलाउने ११३ जना कारबाहीमा परेका छन्। त्यस्तै, रातो बत्ती उल्लङ्घन गर्ने ३६ जना तथा सीसीटीभी निगरानीबाट पहिचान भएका ३५ जना चालकलाई पनि कारबाही गरिएको छ।
यसैगरी, हर्न निषेध उल्लङ्घन गर्ने १६, लेन क्रस गर्ने ३, एकतर्फी नियम उल्लङ्घन गर्ने ८ र सवारीसाधनको अवस्था ठीक नभएका २५ जना चालक कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई समेत कारबाही गरिएको छ।
ट्राफिक नियम उल्लङ्घनका कारण सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले







प्रतिक्रिया