२०८३, १३ मंसिर आईतबार

बिर्तामोडबाट १८ ग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँसहित राजवंशी पक्राउ

बिर्तामोडबाट १८ ग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँसहित राजवंशी पक्राउ


झापा । झापाको बिर्तामोडबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ र रु १३ लाख ३९ हजार नगदसहित एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी स्थायी घर भई हाल बिर्तामोड नगरपालिका–५ जिराइँ टोलमा कोठा भाडामा बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी रहेकी छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्सिर १२ गते अपराह्न ५ बजे उनलाई शङ्कास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।

जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित २२ ग्राम ७२० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यसपछि बिर्तामोड–५ स्थित बसन्त पवन तिम्सिनाको घरमा रहेको उनको डेरामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लागूऔषध लतपतिएको एउटा छुरी, एउटा कैँची, एउटा डिजिटल तराजु, नगद रु १३ लाख ३९ हजार र दुईवटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २०८३, १३ मंसिर आईतबार  १२ : १८ बजे

पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड

चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८३÷८४

बिर्तामोडबाट १८ ग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँसहित राजवंशी पक्राउ

झापा । झापाको बिर्तामोडबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालका लागि ऐतिहासिक अवसर हो : डा.शाह

विश्वभरका ५० देशका स्वास्थ्य विज्ञहरु जनकपुर आउने, नेपालका लागि ऐतिहासिक

नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित

क्यानबेरा । अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ