काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडकमा आवागमन बन्द गरिएको हो ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द हुनेछ।
काठमाडौँ हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट काठमाडौँ फर्किने सवारीसाधन भने सञ्चालन रहनेछन् ।







प्रतिक्रिया