काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा भएको छ । हसमतुल्लाह अफ्रिदीको कप्तानीमा अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो । आउँदो महिना भारतमा हुने विश्वकपका लागि घोषणा गरिएको टिममा ४ परिवर्तन गरिएको छ । एसिया कपमा राम्रो प्रदर्शन गरेका गुलवद्धिन नायबसहित करिम जनत, शराफुद्धीन अशरफ र सुलेमान सफी टिमबाट बाहिरिएका छन् ।…