२०८३, ७ कार्तिक शनिबार

रोहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे

रोहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे


काठमाण्डौ । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।

एसिया कप क्रिकेटको ुसुपर फोरु मा श्रीलङ्कासँगको खेलमा रोहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलङ्काका कसुन रजिथाको बलमा छक्का प्रहार गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

रोहित एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटौँ भारतीय खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकर (१८४२६), विराट कोहली (१३०२४), सौरभ गाङ्गुली (११३६३), राहुल द्रभिड (१०८८९) र महेन्द्रसिंह धोनी (१०७७३_ ले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।

यस्तै रोहित एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने दोस्रो खेलाडी भएका छन् । उनले २ सय ४१ पारीमा यो उपलब्धि हासिल गरेका छन् । रोहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट कोहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ४ : २० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने