२०८२, १९ मंसिर शुक्रबार

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

संस्थापनइतरका बहुमत सदस्यहरुले एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गरेको जानकारी दिए ।

उक्त समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दार्ता गराएको र भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको तुलाधरले जानकारी दिए ।

अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको उनले बताए ।

हामीले अध्यक्ष र महासचिव दुवै जनाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छौं । प्रस्ताव दर्ता भएपछि उहाँहरु स्वतस् निलम्बनमा पर्नुभयो । अब बर्खास्तीमा परेपछि उहाँहरुले काम गर्न पाउनुहुन्न,’ तुलाधरले भने । प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए ।

एन्फाले विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णय गरेपछि डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारण सभा गर्नुपर्ने माग गरेका थिए ।

तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजे पनि बहुमत सदस्य उपस्थित नभएपछि सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार पनि संस्थापनइतरका बहुमत सदस्यले अध्यक्ष र महासचिवलाई नै अविश्वासको प्रस्ताव राखेपछि साधारण सभा सुरु हुन सकेन ।

एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै एन्फा विशेष साधारण सभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकोमा सदस्य संस्थाहरुले विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षबाट उक्त साधारण सभा स्थगित भएको जानकारी गराएका छन् ।

तर बहुमत सदस्यले भने अविश्वासको प्रस्ताव दर्ता गरेपछि अध्यक्ष स्वतस् निलम्बन हुने र अब वरिष्ठ उपाध्यक्षले विशेष साधारण सभा बोलाउनुपर्ने तुलाधरले जानकारी दिए ।

‘हामीले विशेष साधारण सभा भौतिक उपस्थितीमै गर्न माग गरेका थियौं । आज पनि साधारण सभा उहाँहरुले स्थगित गर्नुभयो । साधारण सभा नै गर्न नसक्ने स्थितिमा पुग्नुभइसक्यो,’ तुलाधरले भने, ‘विधान विपरित उहाँहरुले काम गर्नुभएको अनुसूची नै हामीले पेश गरेका छौं । उहाँहरुले एक वर्षमा गर्नुपर्ने धेरै प्रतियोगिताहरु गर्न सक्नु भएन । त्यसैले उहाँहरुलाई राखिराख्दा नेपाली फुटबल झन् तल जान्छ भनेर यो निर्णय लिएका हौं ।’

अब एन्फाका वरिष्ठ उपाध्यक्षले ३० दिन भित्र विशेष साधारण सभा बोलाउनुपर्ने व्यवस्था रहेको तुलाधरले बताए ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  १ : २० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको