२०८३, १८ भाद्र शुक्रबार

नेपाली टोलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्यो

नेपाली टोलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्यो


काठमाण्डौ । १९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ ।

नेपाली राष्ट्रिय टोलीका सदस्यले आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण थालेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले सेप्टेम्बर २७ मा मङ्गोलियासँग र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । खेल टी–२० शैलीमा हुनेछ ।

मङ्गोलिया र माल्दिभ्स निकै कमजोर मानिएका छन् । नेपाल टी–२० को विश्व वरीयतामा १७ औँ स्थानमा छ । माल्दिभ्स ८० औँ र मङ्गोलिया भने आईसीसीको वरीयतामै छैन । आईसीसीको टी–२० वरीयतामा ८७ वटा देश छन् । नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ ।

यस्तो छ नेपाली टोली–

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ५ : ५७ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण