२०८३, २९ भाद्र मंगलबार

भारतले आठौँ पटक जित्यो एसिया कपको उपाधि

भारतले आठौँ पटक जित्यो एसिया कपको उपाधि


काठमाण्डौ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो ।

श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

भारत एसिया कपमा सर्वाधिक सफल टिममा पर्छ । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । यस्तै श्रीलङ्का ६ पटकको विजेता हो । श्रीलङ्काले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । यस्तै पाकिस्तानले सन् २००६ र २०१२ मा गरी २ पटक विजेता बनेको थियो ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ७ : ३४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक