२०८३, २६ भाद्र शनिबार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । वडाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलका हुन् । उनी नेकपा एमाले निकट मानिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको कार्यकालको अन्त्यतिर पनि बडाललाई महान्यायाधिवक्ता बनाएका थिए ।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलो पटक महान्यायाधिवक्ता नियुक्त भएका थिए । तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए । २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए ।

उनको पहिलो कार्यकाल संसदमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको बचाउमा बितेको थियो । ओलीले पहिलो पटक संसद विघटन गर्दा एमाले नेता समेत रहेका वरिष्ठ अधिवक्ता अग्नि खरेल महान्यायाधिवक्ता थि ए। उनले बीचैमा राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए ।

बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि सक्रिय थिए । असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए । यसअघिका महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०८१, २ श्रावण बुधबार  ७ : ४६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।