२०८२, २८ असार शनिबार

जसपाबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएपछि सो पार्टी परित्याग गरेंः आरमान खॉ

जसपाबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएपछि सो पार्टी परित्याग गरेंः आरमान खॉ


बिरगञ्जः कालिकामाई गाउपालिको जनता समाजवादी पार्टी नेपालका नेता आरमान खांले जसपा परित्याग गरेको जनाएका छन् । बुधवार खांले प्रेस विज्ञप्ती प्रकाशीत गरि जसपा परित्यागको घोषणा गरेका छन् । राजनैतिक रुपमा जसपा संग आबद्धभई कालिकामाई गांउपालिकाको विकाश र समाजिक रुपान्तरणको कार्यलाई अगाडी बढाउने परिकल्पना गरेको तर पछिल्ला समयमा जसपा नेपाल केन्द्र देखी स्थानिय तह समेतमा जनभावना विपरित कार्य गरिरहेको हुँँदा यस पार्टीबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएको पछि यसपार्टी संग आजैको मितिबाट कुनै आबद्धता नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टी आस्था विचार, विधि पद्धतीबाट चलने संस्था हो तर सत्तामा पुगेपछि त्यस्को वेवास्ता गर्दै आफनो स्वार्थ र मनोमानी ढंगले सतालाई प्रयोग गरेको हुँदा यसपार्टीबाट छुटिन बाध्य भएको आरमान खॉले जनाएका छन् ।
राजनैतिक समाजिक कर्म क्षेत्र कालिकामाई गाउपालिकामा पार्टीलार्ई बहुमतका साथ निर्वाचित गराउन अपार मेहनत गर्नु पर्यो तर सत्तामा पुगेपछि कालिकामाई गाउँपालिकाको जनअपेक्षालाई समेत वेवास्ता गर्दै हुकुमी शैलीमा विधीपद्धती समेतको ख्याल नगरि अराजनैतिक तवरबाट कार्यहरु भइरहेकोले आफु जसपा परित्याग गरेको र आउँदा दिनमा जनताको सल्लाह अनुसार नयाँ ढंगगले विधि र संगाठनिक रुपमा जनताको पक्षमा लागने प्रतिबद्ध रहेको खॉंले जनाएका छन् ।

प्रकाशित मिति : २०८१, ६ असार बुधबार  १० : १० बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर