काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा सञ्चालन गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको प्रभावकारिता बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य रहेको बताए। उनले सरकारी र निजी क्षेत्रबीचको सहकार्यबाट सेवा प्रवाह…