पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फूङलीङ बजारबाट करिव १२ कोष पर्व उत्तर पर्दछ । यो मन्दिर १२,४४६ फीटको उचाईमा पाथिभरा पहाडको टुप्पोमा अवस्थित छ । किम्वदन्दी एवं जनश्रुती अनुसार परापर्व कालमा गोठालाहरु पाथिभरा क्षेत्रमा भेडी गोठ राख्ने गर्दथे । जुन एक दिन एकाएक भेडाहरु अलप भए । आफ्ना भेडाहरु हराएपछि निराश भएका गोठालालाई राती…