२०८३, १४ कार्तिक शनिबार

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार, अहिले सक्रिय मनसुनी प्रणालीका कारण मनसुनको न्यूनचापीय रेखा औसत स्थानको भन्दा केही उत्तरतर्फ सरेको छ र नेपालका तराई क्षेत्रमा अवस्थित रहेको छ। यसको प्रभावस्वरूप देशका अधिकांश पहाडी भू-भागमा आकाश पूर्ण रूपमा बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

“कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ,” महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यस्तै, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने देखिएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। विशेष गरी कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

वर्षा बढेसँगै पहिरो, बाढी, जमिन चिप्लिने घटना र नदीहरूको जलस्तर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। स्थानीय प्रशासन, यात्रा गर्नेहरू र कृषकहरूलाई मौसमको जानकारी अनुसार सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ७ : २५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा