२०८३, १४ कार्तिक शनिबार

देशभर वर्षाको सम्भावना, बागमतीका पहाडी क्षेत्रहरूमा भारी वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, बागमतीका पहाडी क्षेत्रहरूमा भारी वर्षाको चेतावनी


काठमाडौं । देशभर हाल सक्रिय मनसुनी प्रणालीको प्रभावका कारण आज विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको सरदर स्थानको आसपासमा रहेकाले देशका धेरै भाग प्रभावित हुनेछन् ।

शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम खालको वर्षा हुने सम्भावना छ। त्यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । रातिको समयमा पनि मौसम बदली रहनेछ। विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनाबारे चेतावनी दिएको छ। यसका कारण नदीमा पानीको बहाव बढ्न सक्ने, पहिरो, भूक्षय तथा सहरी क्षेत्रमा जलमग्न हुने सम्भावनासमेत रहेको उल्लेख गरिएको छ। सतर्कताका लागि महाशाखाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र अत्यावश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ६ : ५६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा