२०८३, १४ कार्तिक शनिबार

सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, मदिरा तस्करी नियन्त्रणको क्रममा घटना

सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, मदिरा तस्करी नियन्त्रणको क्रममा घटना


सप्तरी । सप्तरी जिल्लाको राजगड गाउँपालिका–२ मा गए राति प्रहरीद्वारा चलाइएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मधेस प्रदेश प्रहरीका अनुसार मृतक लालु यादव हुन्, जो सोही ठाउँका बासिन्दा हुन् ।

प्रहरीले मदिरा तस्करी रोक्न सर्च अपरेसन चलाएको क्रममा तस्कर समूहसँग झडप भएको र आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरीको दाबी छ। घटनाबारे जानकारी दिँदै मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले भने, “सीमावर्ती क्षेत्रमा मदिरा भण्डारण गरी तस्करी भइरहेको गुप्त सूचना पाइएको थियो। सोही आधारमा राति सर्च अपरेसन गर्दा झडप भयो ।”

झडपका क्रममा तस्कर समूहले प्रहरीमाथि घेरा हालेर ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले सात राउन्ड गोली चलाएको चतुर्वेदीको भनाइ छ। सोही क्रममा गोली लालु यादवको तिघ्रामा लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट ८० कार्टुन विभिन्न ब्रान्डका रक्सी बरामद गरिएको छ। नेपाल–भारत सीमा नजिकैको उक्त क्षेत्र मदिरा तस्करीका लागि संवेदनशील मानिन्छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : १७ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा