२०८३, २७ भाद्र आईतबार

सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, मदिरा तस्करी नियन्त्रणको क्रममा घटना

सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, मदिरा तस्करी नियन्त्रणको क्रममा घटना


सप्तरी । सप्तरी जिल्लाको राजगड गाउँपालिका–२ मा गए राति प्रहरीद्वारा चलाइएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मधेस प्रदेश प्रहरीका अनुसार मृतक लालु यादव हुन्, जो सोही ठाउँका बासिन्दा हुन् ।

प्रहरीले मदिरा तस्करी रोक्न सर्च अपरेसन चलाएको क्रममा तस्कर समूहसँग झडप भएको र आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरीको दाबी छ। घटनाबारे जानकारी दिँदै मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले भने, “सीमावर्ती क्षेत्रमा मदिरा भण्डारण गरी तस्करी भइरहेको गुप्त सूचना पाइएको थियो। सोही आधारमा राति सर्च अपरेसन गर्दा झडप भयो ।”

झडपका क्रममा तस्कर समूहले प्रहरीमाथि घेरा हालेर ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले सात राउन्ड गोली चलाएको चतुर्वेदीको भनाइ छ। सोही क्रममा गोली लालु यादवको तिघ्रामा लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट ८० कार्टुन विभिन्न ब्रान्डका रक्सी बरामद गरिएको छ। नेपाल–भारत सीमा नजिकैको उक्त क्षेत्र मदिरा तस्करीका लागि संवेदनशील मानिन्छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : १७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।