भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी जनकपुरबाट काठमाण्डाै अाेर्लिएरपछि राजधानीमा सवारी अावागमन प्रभावित हुने भएकाे छ । दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार दिउँसो १.३० बजे काठमाडौं आउने कार्यतालिका छ । मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने छ । दिउँसो १.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने भारतीय प्रधानमन्त्री मोदी त्यहाँबाट बौद्धस्थित ह्यात होटल प्रस्थान गर्नेछन्…