२०८३, १५ आश्विन शुक्रबार

पहिरोले बगाएर घर पुरियो, १० परिवार विस्थापित

पहिरोले बगाएर घर पुरियो, १० परिवार विस्थापित


जाजरकोट, १५ भदौ : जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् ।

कर्णबहादुर खड्काको चार कोठे घर, दुई कोठे भँैसी गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको बताइएको छ । खड्काको घरमा भएको खाद्य सामग्रीलगायत सम्पूर्ण सामान पहिरोले बगाएको छ ।

त्यसैगरी गराग्लीकै स्थानीय बासिन्दा दलबहादुर रावल, कृतिबहादुर रावल, नन्ने कामी र लालबहादुर खड्कालगायत १० घर परिवार विस्थापित भएका छन् । विस्थापित सबैलाई माथिल्लो गराग्लीमा राखिएको स्थानीय रणबहादुर खड्काले जानकारी दिनुभयो ।

भीषण वर्षापछि आएको बाढी पहिरोले बगाएर १०० हेक्टर बढी जमीनमा लगाइएको धानबाली नष्ट हुनुका साथै जमीननै झण्डै १० मिटर जति तल भाँसिएको छ । बाढी नरोकिएकाले खोलाले कटानसमेत गरेको खड्काले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : ५९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र