२०८३, ३१ भाद्र बिहीबार

सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी

सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी


बर्दिया, भदौ १६ :बर्दिया सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ ।

भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि बिहीबार थारुको शव भारतीय जंगलमा फेला पर्‍यो ।

क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्‍याएका थिए । त्यहाँ पुगेका उनका भाइ गणेश थारुलाई भारतीय पक्षले शव दिएको छैन । यस्तै राजापुर नगरपालिका–६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ बाट बेपत्ता छन् । शाह र थारुलाई भारतीय पक्षले बेपत्ता पारेको आशंका छ ।
– नागरिक दैनिक

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : १४ बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर