२०८३, २९ असार मंगलबार

पिको लघु जलविद्युत्बाट ७० घर झिलीमिली

खोटाङ, २७ भदौ : पिको लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सोल्मा लामिडाँडाका स्थानीयवासी खुसी भएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित खोबुखोलामा सञ्चालित उक्त जलविद्युत् आयोजनाबाट सोल्मा लामिडाँडाका ७० घर झिलीमिली भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५ प्रतिशत, स्थानीयवासीको ४० र वडा कार्यालयको पाँच प्रतिशत लगानीमा सञ्चालनमा आएको उक्त आयोजनाबाट ९ दशमलव…