काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा होली पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक ठाउँमा…