२०८३, ३ भाद्र बिहीबार

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी


काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो महान् मौलिक सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछार २०८२ भव्य रूपमा मनाउने तयारी थालेका छन्।

मञ्जुश्री संवत् अनुसार मनाइने यो पर्व तामाङ समुदायको संस्कृति, परम्परा र पहिचानलाई प्रवासमा जगेर्ना गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

यस वर्ष टेक्ससका विभिन्न शहरमा बसोवास गर्ने तामाङ समुदाय एकै स्थानमा भेला भई सामूहिक रूपमा ल्होछार मनाउने तयारीमा जुटेका छन्। पर्वको अवसरमा ड्यालसको इर्भिङस्थित डायमण्ड हल, ब्यान्क्वेट हल इभेन्ट सेन्टरमा विशेष सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने तामाङ समाज टेक्ससले जनाएको छ।

कार्यक्रममा तामाङ समुदायका परम्परागत गीत, नृत्य, वेशभूषा तथा नेपाली सांगीतिक प्रस्तुति प्रस्तुत गरिनेछ। ल्होछारको अवसरमा आपसी शुभकामना आदान–प्रदान गर्दै सांस्कृतिक एकता र सामुदायिक सम्बन्ध सुदृढ बनाउने उद्देश्य राखिएको तामाङ समाज टेक्ससका अध्यक्ष कुमार तामाङले जानकारी दिनुभयो।

आयोजकका अनुसार कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै चर्चित कलाकारहरू निर्मला घिसिङ, विजय लामा र रश्मी तामाङको विशेष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहनेछ।

नेपालमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार प्रवासमा भने कामकाजी जीवनलाई ध्यानमा राख्दै सबैलाई पायक पर्ने बिदाको दिन आयोजना गरिँदै आएको छ। प्रवासमा जन्मिँदै हुर्किँदै गरेका दोस्रो पुस्तालाई भाषा, संस्कार र तामाङ संस्कृतिसँग जोडिराख्ने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिँदै आएको तामाङ समाज टेक्ससले जनाएको छ।

ड्यालसको इर्भिङमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी भई तामाङ भेषभूषा, संस्कृति र परम्पराको अवलोकन गर्न तामाङ समाज टेक्ससले सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ४ : ४७ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती