२०८३, १९ आश्विन मंगलबार

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या


काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३ वर्षीय वृद्धको हत्या गरिएको खुलासा भएको छ। इलाम घर भई ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका गर्जमान थापाको हत्या गरी शव सेतो बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार थापाको २६ पुस दिउँसो करिब ५ बजे चक्कुले घाँटी रेटेर हत्या गरिएको हो। हत्या आरोपमा भारतीय नागरिक २३ वर्षीय सदधाम मन्सुरसहित तीन जना पक्राउ परेका छन्।

गर्जमान २६ पुस दिउँसो हराएपछि खोजी गरिएको थियो। दुई दिनपछि बसोबास क्षेत्र नजिकैको इनारभित्र शंकास्पद बोरा देखिएपछि प्रहरीलाई खबर गरिएको र त्यहीँबाट शव बरामद भएको हो।

प्रहरीका अनुसार मन्सुर काम गर्ने प्लाइउड कारखानामा वृद्ध आउने–जाने भएकाले चिनजान थियो। सोही अवसरमा औंठी लुट्ने नियतले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या पछि हातखुट्टा बाँधेर शव इनारमा फालिएको र लुटिएको औंठीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मन्सुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : १४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय