२०८३, २२ भाद्र मंगलबार

भक्तपुरको बाराही मन्दिरबाट तोरण चोरी

भक्तपुर, ५ कात्तिक : भक्तपुर वंशगोपालस्थित बाराही मन्दिर झ्यालको तोरण गए राति चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, विगतमा चोरी भएर पुनः प्रतिस्थापन गरिएको तोरण चोरी भएको छ । चोरको खोजी भइरहेको र घटनाका बारेमा अनुसन्धान शुरु गरिएको परिसरले जनाएको छ । -रासस