धुलिखेल/काभ्रेको मण्दनपुरदेउपरमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका पत्रकार जीवन पराजुलीको स्मृतिमा पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ । फोटो पत्रकार महासंघ काभ्रे शाखाले कोष स्थापना गरेको हो । एक लाखको कोषबाट आउने ब्याज रकमले हरेक वर्षको कात्तिक १० गते जिल्लाका दुई जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिनेछ । महासंघको बैठक बसेर पुरस्कारका लागि अक्षय कोषको स्थापना…