२०८३, ३१ असार बिहीबार

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा


काठमाडौँ, २७ कात्तिक: छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गर्नुभएको हो । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो । छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी हुनभएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सक्नुभएन ।

सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गर्नुभएको थियो । सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिनुभयो । शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उहाँले प्रतिक्रिया दिनुभयो । नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उहाँले बताउनुभयो ।

आयोजक समितिका संयोजक राजेन्द्र सिंहले आठ वर्षदेखि छठ घाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यस पटक पूजाका लागि २६० कक्ष बुकिङ भएको बताउनुभयो । सो क्रममा महेशकुमार अग्रवाल, नरोत्तम वैद्यलगायतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले आकर्षक बनेको छ । काठमाडौँका थापाथली, गौरीघाट, रानीपोखरी र कमलपोखरीमा छठ पूजा गर्ने गरिएकामा रानीपोखरी क्षतिग्रस्त छ । तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अघ्र्य दिइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ६ : २३ बजे

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी

ओली सरकारको पहलले अघि बढेको योजना, अब ३ वर्षभित्र हरेक स्थानीय तहमा अस्पताल बनाउने लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका सबै स्थानीय तहमा

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व