२०८३, १७ आश्विन आईतबार

पाटन सङ्ग्रहालय स्थापनाको २१ वर्ष पूरा

पाटन सङ्ग्रहालय स्थापनाको २१ वर्ष पूरा


काठमाडौँ, २७ कात्तिक: विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहको पाटन सङ्ग्रहालय स्थापना भएको २१ वर्ष पूरा भएको छ । पछिल्लो समय नेपालका ऐतिहासिक सम्पदाको स्थलगत अवलोकन गर्नेको संख्या वृद्धि हुँदै गएको छ । गत आव २०७४÷७५ मा दुई लाख ३२ हजार ५९४ जनाले पाटन सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेँले जानकारी दिनुभयो । पछिल्लो समय उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटकले समेत पाटन सङ्ग्रहालयको अवलोकन गरेका छन् । आव २०७३÷०७४ मा एक लाख ७६ हजार ९०६ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । जसमा एक लाख आठ हजार ८२८ विदेशी पर्यटक रहेका थिए ।

विकास समिति ऐन, २०१३ अनुसार विसं २०५३ मा पाटन सङ्ग्रहालय विकास समिति गठन गरी विसं २०५४ कात्तिक १२ गतेदेखि सञ्चालनमा आएको हो । सन् १९८३ देखि १९९७ सम्म विश्व सम्पदा सूचीकृत अनेक सङ्ख्यामा मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदा रहेको पाटन दरबारमा पुरातत्व विभाग र अष्ट्रियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा संरक्षणको काम भएको थियो ।

नेपाली साँस्कृति एवं परम्परागत मूर्तिकला तथा वास्तुकलालाई प्रदर्शनीको माध्यमबाट नेपाली नागरिक तथा विश्वसामु परिचित गनराउनु मुख्य उद्देश्य भएको सङ्ग्रहालयले जनाएको छ । विसं २०७२ को ‘गोरखा भूकम्प’बाट पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोकस्थित पाटन दरबारको गाह्रोमा क्षति पुगेको थियो । अहिले पनि यसको संरक्षण जारी छ । सङ्ग्रहालय संरक्षणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, संस्कृति मन्त्रालय, पुरातत्व विभाग एवं युनिभर्सिटी अफ एप्लाइड आर्टस् भियनामार्फत अष्ट्रेलियन विकास नियोग (एडिए) को सहयोगमा संरक्षणको कार्य भइरहेको छ ।

एडिएको आर्थिक सहयोग एवं वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा रु चार लाख ६२ हजार ६०७ को लागतमा सङ्ग्रहालयको सम्पूर्ण प्रदर्शनीकक्ष सौर्य ऊर्जाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालय विस्तारका क्रममा काठमाडौँ उपत्यका संरक्षण कोषको सहयोगमा मूलचोकमा तीनवटा प्रोजेक्टर रहेको श्रव्यदृश्य कक्ष खुला गरिएको छ । यसमा करीब २०० वर्ष अघिको ‘फिलिडेपा म्युजियम’ को सङ्ग्रहमा रहेको नेपालको पौभा कलाको उत्कृष्ट नमूनाका रुपमा गोसाइँकुण्ड यात्राको सन्दर्भमा कोरिएको पौभाचित्रलाई प्रदर्शनी गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : ३१ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार