२०८३, ३१ असार बिहीबार

लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन

लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन


काठमाडौँ, २७ कात्तिक: अखिल नेपाल भिक्षु महासङ्घले बुधबार लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन गर्ने भएको छ । यसका लागि विभिन्न २० देशका करीब एक हजार भिक्षु सहभागी हुने भएका छन् । बौद्ध साहित्यमा महत्वपूर्ण बौद्धग्रन्थका रुपमा लिइएको त्रिपिटक वाचनका लागि अन्तर्राष्ट्रिय तहबाट भिक्षुको व्यवस्था गरिएको महासङ्घले जनाएको छ ।

अभिधम्म पिटक, सुत्त पिटक र विनय पिटकलाई त्रिपिटक भनिन्छ । यी तीन वटालाई बौद्ध साहित्यमा ठूलो ग्रन्थका रुपमा लिइएको छ । अभिधम्ममा बौद्ध दर्शनको पक्षलाई समेटिएको छ भने सुत्तमा सूत्रहरुको व्यवस्था गरिएको छ । त्यसैगरी भिक्षुहरुका आचरणलाई विनयमा राखिएको छ ।

यही कात्तिक २८ देखि ३० गतेसम्म वाचन गरिने त्रिपिटक पाली, देवनागरी, थाईलगायत भाषाको व्यवस्था गरिएको महासङ्घका सदस्य भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । करीब ४० लाख खर्चमा सम्पन्न हुने उक्त कार्यक्रमको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी गर्नुहुने आयोजकले जनाएको छ ।

त्रिपिटक बुद्धले दिएको ज्ञान र शिक्षाको सार सङ्ग्रहित मानिन्छ । लुम्बिनीमा पहिलो पटक वाचन गर्न लागिएको उक्त कार्यक्रमले धार्मिक पर्यटक वृद्धि गर्ने अपेक्षा लिइएको छ । शाक्यमुनि बुद्धकै समयमा अभिधम्म र सुत्त पिटक विकास भएको हो भने विनयपिटक सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : १८ बजे

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी

ओली सरकारको पहलले अघि बढेको योजना, अब ३ वर्षभित्र हरेक स्थानीय तहमा अस्पताल बनाउने लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका सबै स्थानीय तहमा

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व